वितेको २४ घन्टामा नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेपछि अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार आजसम्म २ हजार १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
आज थप २७० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । जसमध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा ४०३ जना भाइरसमुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।
नेपालमा हालसम्म २० लाख ४३ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ४१३ जनाको परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज १३३ जनामा संक्रमण पुष्टि भएको छ ।