सुस्मिताको त्यो बोलीले म छाँगाबाट खसें…

ओइ ! यता हेर न। तिम्रो नाम के हो ? फरक्क पछाडि फर्किएँ । मधुर बोली,लाम्चो अनुहार,आँसु टिलपिल भएको जस्तो आँखा सायद आँखाको रोगी थिइन् उनी। त्यही दिन हो पहिलो पटक देखेको र मन पराउन थालेको सुस्मितालाई ।
म ४ मा पढ्थेँ ऊनी ३ मा । हरेक दिन स्कुल पुग्ने बित्तिकै उनीलाई नै खोज्थे आँखा । लाइनमा बस्दा पनि नजिकै बस्थ्यौँ हामी।
एउटै कोठामा काठका फल्याक ठोकेर छुट्याइको थियो दुई कक्षा । मूल ढोकाबाट छिर्ने बित्तिकै कक्षा ३, अर्कोमा कक्षा ४ को पढाइ हुन्थ्यो । पढाइ चलिरहँदा पनि म फल्याकका कापबाट हेर्थेँ …