४९ वर्षमा बेहुलो बनेका शेरधनका बिहेका तस्विरहरु बाहिरिए…

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् ।
सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आज काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । यो नक्सालस्थित प्रहरी मुख्यालय पछाडि पर्छ ।
मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु ईन शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ति लगिएको छ ।
दुलहा–दुलही बस्ने ठाउँदेखि पाहुना रहने ठाउँहरु चिरिच्याट्ट बनाइएको छ ।
भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल …