सुनको भाउ आज सामान्य घटेको छ ।
हप्ताको पहिलो दिन आज सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैंयाले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ६ सय निर्धारण भएको छ । त्यस्तै तेजावी सुन तोलाको ९२ हजार १ सय कायम भएको छ ।
आज चाँदीको भाउ भने आज स्थिर छ ।
चाँदीको भाउ शुक्रवारको जस्तै तोलामा १२ सय ६० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ।