नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ३ हजार ५४१ जनाको नमूना परिक्षण गर्दा २३२ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये पुरुष १४१ र महिला ९१ जना छन् ।
योसहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । जसमध्ये २ लाख ६३ हजार ७३४ जना निको भइसकेका छन् । पछिल्लो २४ घन्टामा ३८६ जना कोरोनामुक्त भएका हुन् ।
अहिले ३ हजार ४५२ आइसोलेशनमा छन् भने १४७ क्वारेन्टिनमा छन् ।
हालसम्म कूल २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ४५२ छ । आज काठमाडौं उपत्यकाका तीन जिल्लामा ६० पुरुष र ४९ महिला गरी कूल १०८ जनामा भाइरसको संक्रमण देखिएको छ ।