झापाको शिवसताक्षीस्थित किराँत चोकमा सार्वजनिक बसमाथि तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्गको अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।
उनीहरुले बसमा आगोसमेत लगाउन खोजेको तर यात्रूहरु चिच्याएका कारण आगो भने नलगाएको झापा प्रहरीले जनाएको छ । बस तोडफोड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । उनीहरु विप्लव समुहको कार्यकर्ता भएको हुनक्ने प्रहरीले जनाएको छ ।
धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा युवाहरुले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाएको प्रहरीले बताएको छ ।
१२ बजे बस रोकेर तोडफोड गर्दा अगाडीको भाग र झ्यालका सिसा फुटेका छन् ।
आज देशभर विप्लप समूहले नेपाल बन्दको आव्हान गरेको छ । सो घटना समेत विप्लव समूहबाट हुन सक्ने सुरक्षा अधिकारीहरु बताउँछन् । बा .४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस इप्रका झिलझिलेमा राखिएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाले शनिबार नेपाल बन्द गरेतापनि सामान्यतया सवारी साधनहरु संचालनमा रहेका छन् ।