नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जनतालाई दुःख नदिन कम्युनिष्ट नेताहरुलाई आग्रह गरेका छन् । कम्युनिष्टहरुलाई सत्ता चलाउनका लागि कांग्रेसले सबै कुरा मानेको र राजालेसमेत हाँस्दै सबै कुरा बुझाएर गएको प्रसङ्ग निकाल्दै डा. भण्डारीले भनेजस्तै गर्दा पनि किन यसरी जनतालाई दुःख दिएको भन्दै प्रश्न गरेका हुन् ।
यस्तो छ उनको स्टाटस–
‘लालसलाम कमरेडहरु । कांग्रेसले तपाईहरुले भनेको मानेकै हो । राजाले हाँस्दै सबैकुरा बुझाएकै हुन् । जनताले डालाले खनाए जस्तै भोट दिएकै हुन् । देश सबै तपाईहरुलाई सुम्पिएकै हुन् । तारा झार्ने भाषण सुनेकै हो । खै त जनतालाई जलश्रोतसँग जोडौं भनेको ?
खै त जनतालाई शिक्षा स्वाथ्य निःशुल्क दिउँ भनेको ? खै त एकीकृत बस्ती र सुरुंगमार्गको विकास गरौं भनेको ? खै त देशको सुरक्षाको लागि सीमानामा सुरक्षा निकाय राखौं हाम्रो सुरक्षा हामी आफै गर्दछौं भनेको रु खै त ठेक्का पट्टामा एक कम्पनीलाई दुईभन्दा बढी ठेक्का नदिउँ भनेको ?
खै त भ्रष्टाचारीलाई कारवाई गरौं भनेको ? सत्तामा रहँदा जनताको आवाज बोल्न कस्ले रोकेको थियो कमरेड ? सरकार चलाउन नसक्ने ठूला कुरा गर्ने । काम नगर्ने । अब जनतालाई दुःख किन र के का लागि सास्ती दिने कमरेड ? तपाईहरु बीचको लेनदेन र भागबण्डाको झगडा जनताले गराएका हुन् कमरेड ? हैन भने जनतालाई किन दुःख दिने ?’