बैदेशिक रोजगारीका क्रममा यूएईका आवुदाबी पुगेका सुनकोशी गाउँपालिका ६ टिमुरेका एक व्यक्तिकाे मृत्यु भएकाे छ ।
सुनकोसी ६ टिमुरेका २२ वर्षिय सुदीप थापाकाे मृ’त्यु भएकाे हाे ।पुस १४ गते ड्युटीमा जाँदै गरेकाे उनकाे हृ’दयघात भएकाे थियाे ।
हृ’दयघात भई ढलेको र त्यही रहेको प्राईम हस्पिटलको भेन्टिलेटर कक्ष मा राखी उपचाररत भईरहेकाे थियाे । उपचारकै क्रममा माघ ३ गते उनकाे निधन भएकाे हाे
सडक दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन
कतारमा सडक दुर्घटनामा परि एक नेपालीको निधन भएको छ। दुर्घटनामा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।
झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे । उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए ।
उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको निधनको खबरले पुरै गाउँवासी दुखी बनेका छन् ।