नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकिएको बताएका छन् ।
प्रचण्ड नेपाल समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे ।
तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले स्विकार गरेका छन् ।
यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’
ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए।
उनले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।
‘अब जनता जागिसके, सुत्नेवाला छैनन्,’ उनले भने, ‘प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन्।’
उनले कर्मचारीलगायत एउटा मानिसलाई छोएर देखाउन पनि ओलीलाई चुनौती दिएका छन्।