संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनमा बालबच्चा बोकेरै केही महिलाहरु सहभागी भएका छन् ।
केटिएम दैनिकका फोटो पत्रकारले खिचेको तस्विरमा कालो लेदरको ज्याकेट लगाएकी एक अधबैंशे महिलाले सानो नानी बोकेर आन्दोलनमा सहभागी भएको देख्न सकिन्छ ।
विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाडौंको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।