विवादित रियालिटी शो बिग बोसको १४ औं श्रृंखलामा अभिनेत्री राखी शावन्तको प्रवेशले मनोरञ्जनको डोज बढेको छ । बिग बोसको नयाँ एपिसोडमा एक टास्कको क्रममा पेन्टमा नै उनको पिसाब निस्किएको छ ।
खासगरी टास्कमा रुबिना दिलैक र राहुल वैद्यको नेतृत्वमा रातो र पहेँलो दुई टिम बनाइएको थियो । यसैक्रममा राखी सावन्तले आफूलाई नियन्त्रणमा लिन सकिनन् र पेन्टमा नै पिसाब फेरिन् ।
तब राखीले आफ्नो टिम लिडर रुबिनालाई बोलाइन् र आफ्नो ड्रेस देखाइन् । यस्तै राखीले आफूले नियन्त्रण गर्न नसकेको र पेन्टमा नै पिसाब निस्किएको रुबिनालाई बताउँदै ‘यो कुरा कसैलाई नभन्नु है’ भन्दै मुख फोरिन् ।
त्यसपछि रुबिनाले टास्कलाई वेवास्ता गर्दै राखीलाई सहयोगका लागि घरभित्र पठाइन् । यस्तै रुबिनाले आफ्नो व्यक्तिगत हाइजिनको ख्याल राख्दै भित्र गई कपडा फेर्नका लागि आग्रह पनि गरिन् ।