काठमाडौं। अभिनेत्री रागिनी द्विवेदी ४ महिनापछि जेलबाट छुटेकी छिन् । भदौं १९ गते ड्र ग्स केसमा पक्राउ परेकी रागिनीलाई आज भारतको सर्वोच्च अदालतले जमानत दिएको हो ।
सीसीबीले उनको घरमा छापा मा रेको थियो । पुलिस सूत्रका अनुसार पुलिसको एक टिम बिहान ६ बजे रागिनीको घर पुगेको थियो । सीसीबीले बुधबार उनलाई नोटिस जारी गरेर उपस्थित हुन निर्देशन दिएको थियो तर रागिनीले वकिलको एक टिम पठाएर समय मागेकी थिइन् ।
त्यसपछि पनि रागिनीले यसअघि २ पटक जमानतका लागि आवेदन दिएकी थिइन् तर अदालतले रद्द गरिदिएको थियो । उनलाई क्राइम ब्रान्चको टिमले ४ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।
टाइम्स अफ इण्डियाका अनुसार यसअघि ३ नोभेम्बरमा कर्नाटक उच्च न्यायालयले रिगिनीसहित अन्य २ जनालाई जमानत नदिने फैसला सुनाएको थियो । तल्लो अदालतको यो फैसलालाई बिहीबार सर्वोच्च अदालतले रद्द गरेको हो । रागिनी मोडल र कन्नड फिल्मकी चर्चित अभिनेत्री हुन् ।
उनी २००८ मा फेमिना मिस इण्डियाकी उपविजेता हुन् । २००९ मा वीर मदकरी फिल्मबाट करिअरको सुरुवात गरेकी रागिनीले केम्पे गौडा, शिव, बंगारी, रागिनी आइपिएस लगायतका फिल्ममा काम गरेकी छिन् ।