आज स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जन्मदिन हो। १४ जुन २०२० मा उनको पाथृव शरीर मुम्बईको फ्ल्याटमा भेटिएको थियो। सुशान्तले अचानक संसारबाट बिदा लिए। जसले सबैलाई चकित तुल्यायो। अन्तत उनको मृत्यु आ त्मह त्या हो वा ह त्या हो अझै खुल्न सकेको छैन।
सुशान्तको मृत्युपछि बलिउड उद्योगका कलाकारहरूमा एक प्रकारको अनुसन्धाननै सुरु गरियो यति मात्र हैन यसमा अभिनेतालाई पनि राजनीतिकरण गरिएको खुलााशा भयो। बलिउडमा उनको मृत्यु पछि एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने खालका गतिविधिहरु भइरहे ती अझै पनि सेलाएका भने छैनन्। उनकी प्रेमिका रिया चक्रवर्तीलाई गिर फ्तार समेत गरियो उनको कारण सुशान्तको मृत्यु भएको भनियो। यद्यपी उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
सुशान्त आज जीवित भएको भए उनले आफ्नो ३५औं जन्मदिन मनाइरहेका हुने थिए। अभिनेता अब यस दुनियामा नै छैनन्। तर उनले बलिउडमा गरेको संघर्ष, अभिनयले भने उनी सधैं मानिसहरुको हृदयमा अमर रहनेछन्। उनीसंग केहि थान सपनाहरु थिए जुन पुरा गर्न चाहन्थे, तर उनले आफ्नो सपना पूरा गर्नु अघि नै यो संसार छोडेर गए।