अनमोल के सी नेपाली फिल्म जगतमा पछिल्लो पुस्ताका अत्याधिक चर्चित, व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् । उनको जन्म सन् ३० मार्च, १९९४, काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता भूवन केसी र सुस्मिता बमजनका छोरा हुन् ।
उनले आफ्नो अध्ययन मल्टी इन्टरनेशनल कलेजबाट ए लेभलको पढाई पुरा गरेका हुन् । उनलाई घुम्न, म्युजिक सुन्न मनपर्छ । उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन् ।
उनले पाएका अवार्डहरु,बेस्ट डेब्यु एक्टर २०१३, स्टार अफ दि इयर २०१६, पपुलर एक्टर अफ दि इयर २०१६, महा जुरी अवार्ड २०१६, एनएफडिसी बेस्ट एक्टर २०१८, डि सिने बेस्ट मेल एक्टर अवार्ड २०१८ रहेका छन् । उनलाई मनपर्ने अभिनेत्री नम्रता श्रेष्ठ हुन् । उनले ड्रागनका टाटु खोपाएका छन् ।
धेरै पढेका १० हिराेहरू, कुन हिराेले कति पढेका छन् ?
नेपाली फिल्म नगरीमा काेकाे नायक नायिकाले कति पढेका छन् भन्ने चर्चा भइरहेकाे हुन्छ । वा ती कुन नायक हुन् जसले धेरै पढेका छन् । थाहा पाउनुहाेस् कुन नायकले कति पढेका छन् ।
राजेश हमाल : अंग्रेजी साहित्यमा एम ए
भुवन केसी : बि कम
सराेज खनाल : स्नातक
वर्तमान चर्चामा रहेका अभिनेताका कुरा गर्दा कतिपय अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्रयाजुट नै छन् । अहिले पनि मास्टर गर्ने अभिनेताकाे खडेरी छ । चलेका अभिनेता साैगात मल्ल अन्डर एसएलसी हुन् । आयुष्मान जाेशी र पल शाह अन्डर प्लस टु हुन् । त्यस्तै अहिलेका हटकेक अनमाेल केसी अन्डर ग्रयाजुट हुन् ।
विराज भट्ट, दयाहाङ्ग राई, निखिल उप्रेती, दिलिप रायमाझी, नाजिर हुसेन लगायतका कलाकारले कति पढेका छन् भन्ने जवाफ उल्लेख छैन् । अझ केदार घिमिरे, नारद खतिवडा, दिपकराज गिरी, सिताराम कट्टेल, हरिवंश अाचार्यले स्व अध्ययनमा पिएचडि नै गरे हाेलान् तर यहाँ औपचारिक अध्ययनमा अगाडी रहेका अभिनेताहरूकाे चर्चा गर्दै छाैँ ।
१०. भुवन केसी- बिकम (ब्याचलर इन कमर्स)
९. जीवन लुइटेल- बिजनेस स्टडीजमा ब्याचलर
८. सलाेन बस्नेत- बिजनेस स्टडीजमा ब्याचलर
७. संन्दीप क्षेत्री- कमर्समा मास्टरसम्मकाे अध्यय
६. दिनेश डिसी- एमबीए
५. सुरज सिँह ठकुरी- इन्भ्याराेमेन्ट एन्ड साइन्समा मास्टर्स
४. राजबल्लभ काेइराला- मास कम्युनिकेसन एन्ड जर्नालिजममा मास्टर्स
३. खगेन्द्र लामिछाने- त्रि विबाट मास्टर्स
२. प्रदिप खड्का- मार्केटिङ्गमा मास्टर्स
१. राजेश हमाल- अंग्रेजी साहित्यमा मास्टर्स