भारतले अनुदानस्वरूप दिने खोप लिएर त्यहाँबाट एयर इन्डियाको विमान उडेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप लिएर एयर इण्डियाको जहाज काठमाडौंका लागि उडेको छ ।
पहिलो चरणमा आएको यो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपंक्तितमा खटिनेलाई उपलब्ध गराइनेछ। भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिएका थिए । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिएका थिए।
भारतमा कोरोना बिरुद्धको भ्याक्सीन लगाएका २ स्वास्थ्यकर्मीको मृत्यु
भारतमा कोरोना भाइरस बिरुद्धको भ्याक्सीन लगाएका २ स्वास्थ्यकर्मीको हृदयघातका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकजना उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।उनको आइतबार साँझ मृत्यु भएको हो ।त्यस्तै मृत्यु हुनेमा अर्का कर्नाटकका ४३ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।
शनिबारबाट प्रयोगमा ल्याइएको यो भ्याक्सीनले धेरैजसोमा नकारात्मक असर देखिएको छ । कतिपय सिकस्त अवस्थामा छन् । उनीहरुको उपचार भइररहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।