सम्माननीय प्रधानमन्त्री ज्यु
नमस्कार !
विबिध कामको सिलसिलामा मैले हजुरलाई भेट्ने मौका पाएको थिए । आत्माविश्वासी र हसिँलो अनुहारमा हजुरलाई देख्दा भर्खरै बिरामी भएर उठ्नु भएको जस्तो पटक्कै लागेन ।
हामी जनतालाई सयौं सपना देखाउनु भएको प्रधानमन्त्रीलाई भेट्दा, साच्चै मनमा एकप्रकारको उत्साह जागेर आयो । म र हामी जस्ता कयौं नेपालीले देखेका सपना तपाईले साकार पार्ने कुरामा म बिश्वस्त भए ।
हजुरसँगको भेटमा धेरै कुरा जान्ने र बुझ्ने मौका पाए । आटँ,आत्मविश्वास र नेतृत्व गर्ने क्षमता हजुरमा रहेछ भनेर पहिचान गर्न मलाई गाह्रो भएन ।
एक पटक भेट र गफगाफ पछि चिन्न सक्ने आफन्त जस्तो अनुभुति दिलाउने र केही नयाँ कुरा सिकाउने, साहास दिने, देशको लागि केही गर्नु पर्छ भनेर उत्प्रेरित गर्ने तपाईको बानीबाट म निकै नै प्रभावित भए ।
हात समाएर सम्झाएको र अंगालोमा हालेर फोटो खिचेको खुबै याद आउँछ र व्यक्त्तिगत रुपमा अत्यन्तै प्रिय लाग्छ ।
एक गरिब देशको सच्चा नागरिक भएर सोच्ने हो भने यो निर्वाचन यस्तो महामारीले संकटग्रस्त समयमा गर्न खोज्नु नै महाभुल हो।
२०५२ बाट शुरू भएको माओवादी जनयुद्ध पछि दोस्रो संविधानसभा हुँदै झण्डै दुई तिहाईको सरकारको शुरुवात गर्न हजुरलाई बर्षौ लाग्यो।
यी दर्जनौ बर्षहरूमा नेपाली जनता हरूले सपना देख्न छाडिसकेका थिए । सपना के हो थाहै थिएन। हामी युद्ध र राजनैतिक अस्थिरताले हायलकायल भएकाहरूलाई सपना देखाउने कार्य हजुरले गर्नु भयो । सपना देखाउनु पनि एक प्रकारको उर्जा प्रदान गर्नु हो।
रेल, ग्यास पाईप लाइन, पानी जहाज, हावाबाट बिजुली अन्य बिकास र समृद्धिका योजनाका सपनाले पक्कै म लगायत धेरै जनताहरू आकर्षित भयौं जुन स्वाभाविक पनि हो।
लक्ष्यमा पुग्न सफल योजना, निर्णय गर्ने क्षमता चाहिन्छ जुन हजुरमा थियो, एक राजनेतामा पक्कै यी कुराहरु चाहिन्छ ।
समय बित्दै गयो आजका दिन सम्म हजुरको नेतृत्वले जनता बाट अपेक्षित काम कति हुन सके कति सकेनन्, कति सफल भए कति भएनन्, बिकास समृद्दि र सुशासनको मामिलामा कहाँ कति चुके यो पक्कै छुट्टै निकै ठुलो बहसको बिषय हो। त्यस्को निर्णय जनताले आउने दिनमा अवश्य गर्नेछन् ।
हजुरको भिजनमा सहमति मात्र हैन कयौं बिमतीहरु पनि छन् । यति मायालु साहसिक निडर नेताले एक भगौडा जस्तो गरेर संविधानको भावना मात्र होईन , शब्दको बिपरित गएर संसद भंग गरि देशलाई पुन खर्चिलो भद्दा शैलीको निर्वाचनमा होम्नु कतिको सही हो ? कहिले बिचार गर्नुभएको छ ?
एक गरिब देशको सच्चा नागरिक भएर सोच्ने हो भने यो निर्वाचन यस्तो महामारीले संकटग्रस्त समयमा गर्न खोज्नु नै महाभुल हो।
यो सरासर गरिब जन्तालाई अझ गरिब बनाउने खेल हो । तसर्थ हामी सबै सच्चा नागरिकहरू यो गलत कार्यको बिरोधमा बिभिन्न रूपले उत्रनु पर्छ।
यति भन्दा भन्दै संसद बिघटनको बिरोध गर्नुको उद्देश्य हिजो प्रयोगमा आईसकेका र जन्ता लाई पीडा दिई सकेकाहरूलाई पुन: पदमा स्थापित गर्न गराउनको लागी भने पटक्कै होईन ।
अन्त्यमा, हजुरको पार्टीका पदका लोभी र लाछीहरू सँगको झगडाको सजाय हामी जस्ता गरिब जन्तालाई नदिनुहोस।
बरू तपाईको निडरता तपाई सग टाँसिन आएका या बाहिर बसेर पदको बार्गेनिङ गरि रहेका भ्रष्ट अशिष्ट, अशान्ती र ह त्यामा संलग्नहरूलाई कारबाही गर्नु होस।
हजुरलाई जीवन भरि नै प्रधानमन्त्री नै बन्नु नै छ भने पनि बन्नुस, हामी जय जयकार गर्छौ तर यो खर्चिलो निर्वाचन नगर्नुस ।
जनताले नचाहेको संघियता खारेज, सानो संख्याको संसद, पुर्ण अख्तियारी प्राप्त भ्रष्ट्रचार निबारण आयोग, स्थानिय निकायलाई भ्रष्टचार रहितको अझ बलियो , धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य घोषणा, सुसासन को ग्यारेन्टी र तपाईकै कार्यकालको अन्त्य तिर संसदिय चुनाव सगै संवैधानिक राजतन्त्र राख्ने नराख्ने भनेर जनमत संग्रह गराउनु होस।
देशमा सरकार रहेको जनतालाई आभास गराउँनुहोस, महंगी रोक्नुहोस, देशमा रोजगारी सृजना गराउनु होस यति गर्दा गर्दै पहिलो काम हजुरको साथमा अहिले जुका जस्तो टाँसिएर गलत सल्लाह दिने र आफ्नो दुनो सोझ्याउनेहरूलाई तत्काल बर्खास्त गर्नु होस।
अझ एकै शब्दमा भन्दा मैले भेटेको केपी ओली बन्नु होस तर हालको जस्तो पट्टकै होईन। आफ्ना ति हुन् सहि र गलत बुझेर सुझाब दिन्छन् । मैले हजुरलाई भेटेकै आधारमा सुझाब दिएको हो मनन गर्नुहोस ।