कोरोना भाइरसविरुद्ध खोप बिहीबार नेपाल ल्याइने भएको छ ।
आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिने भएको हो ।
खोप हस्तान्तरण भएको एक हप्ता भित्र लगाइ सक्ने मन्त्रालयले जनाएको छ ।
एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको पहिलो केस माघ १०, २०७६ (जनवरी २४, २०२०) मा गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न तीन दिनअघि खोप भित्रिन लागेको हो।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो।