सुनसरीको दुहवी–इनरुवा सडकखण्डमा माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक सहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।
मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
माईक्रो चालक फरार भएको छन् भने उनको खोजि कार्य भइरहेको छ । उक्त घटनास्थल ट्राफिक प्रहरी पोस्ट दुहबीबाट ५ किलोमिटर पश्चिम रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।