नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य उकालो लागेको छ ।
आइतबार र सोमबार लगातार ओरालो लागेको सुनको मूल्य आज भने बढेको हो ।
हिजोको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाला सुनको मूल्य ९२ हजार र तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण भएको छ ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो सोमबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैंयाले वृद्धि भएर आज १२ सय ४५ निर्धारण भएको महासङ्घले जनाएको छ ।