नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।
यो वर्षको १० औं महिना चलिहरँदा पेट्रोलियम पदार्थको मूल्य पनि १० औं पटक परिवर्तन भएको छ ।
गत जेठ १६ गते ९६ रुपैंया कायम भएको पेट्रोलको मूल्य आज राति १२ बजेपछिबाट १ सय १० कायम हुनेछ । वितेको ९ महिनामा पेट्रोलको मूल्य लिटरमा १४ रुपैंयाले वृद्धि भएको हो ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता इन्जिनियर विनितमणि उपाध्ययले जानकारी दिए । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।
उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।
यसअगाडी मंसिर २७ गते पेट्रोल डिजेट र मट्टितेलमा प्रतिलिटर २ रुपैंयाको दरले मूल्य वृद्धि भएको थियो ।
तलको तालिकामा हेर्नुहोस २०७७ सालमा भएको पेट्रोलियम पदार्थको मूल्य समायोजन