नेपालमा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको निधन भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका प्रयोगशालामा ४ हजार ३०६ जनाको नमूना परिक्षण गर्दा १९८ पुरुष र १२४ महिला गरी कूल ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ६१ हजार ८१८ जना निको भएका छन् । पछिल्लो अवधिमा ३७४ जना निको भएका छन् । तथ्याङ्कमा हेर्दा कूल संक्रमितमध्ये ९७ दशमलव ८ प्रतिशत निको भएका छन् भने शून्य दशमलव ७३ प्रतिशतले ज्यान गुमाएका छन् ।
आज काठमाडौं उपत्यकामा तीन जिल्लामा ९९ पुरुष र ६५ महिला गरी कूल १६३ जनामा संक्रमण पाइएको छ ।
हाल नेपालमा ३ हजार ८६१ जना सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका १६१ जनालाई आईसीयू र ३४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।