साताको दोस्रो दिन अर्थात आज सोमबार सुनको मूल्य ओरालो लागेको छ ।
हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैंयाले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ६ सय र तेजावी सुनको मूल्य ९१ हजार १ सय निर्धारण भएको छ ।
माघ १ गते छापावाल सुनको मूल्य ९२ हजार १ सयमा कारोबार भएको सुनको मूल्य २ र ३ गते ९२ हजार ५ सय मा कारोबार भएको थियो भने हिजो आइतबार ९१ हजार ८ सय मा कारोबार भएको थियो ।
सुनको मूल्यमा गिरावट आएतापनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मूल्य तोलाको १२ सय ३० निर्धारण भएको महासङ्घले जनाएको छ । हिजो आइतबार पनि सोही मूल्यमा चाँदीको कारोाबार भएको थियो ।