शनिवार मात्र करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ ।
तर आज त्यही नयाँ घरको बाहिर प्रहरीहरु तैनाथ भएको खबरले फ्यानहरु चकित बनेका छन् । किन सेफको घरमा प्रहरीले सुरक्षा दिनुपर्ने भयो त ? सेफको ८०० करोडको घरमा सुटिङ् भएको वेवसिरिज “ताण्डब” रिलिज भएको थियो ।
बहुप्रतिक्षित सिरिज भएकोले धेरैले यस्को प्रतिक्षा गरेका थिए । सेफ र करिना पनि यो सिरिजबाट निकै नै आशाबादी थिए । तर अहिले उनीहरुलाई झड्का लागेको छ । उक्त्त सिरिजले धार्मिक सहिष्णुता फैलाएको भन्दै फ्यानहरु दुखी भएका छन् ।
फ्यानहरुबाट घृणा पाएपछि सेफको घरमा अहिले प्रहरी तैनाथ गर्नुपरेको छ । प्रहरीले उनीहरुलाई कडा सुरक्षा दिएर राखिरहेको छ ।