एजेन्सी । सिंगापुरको एक रेष्टुरेन्टमा वेट्रेसको रुपमा गरेकी सोनम कपुर बलिउड अभिनेत्री हुन् ।
फिल्म ‘नीरजा’ का लागि उनलाई नेशनल अवार्डबाट सम्मानित भएपछि बलिउडमा उनको चर्चा शुरु भएको थियो ।
उनी फिल्मबाहेक आफ्नो फेशन स्टाइललाई लिएर पनि चर्चामा रहन्छिन् । अहिले सोनम कपूर आफ्ना नयाँ फोटोसूटका कारण चर्चामा छिन् । फोटोहरुमा उनी निकै सुन्दर देखिएकी छिन् । आफ्नो फोटोसूटका तस्विरहरुलाई उनले इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।
तस्विरमा सोनम कपूर फ्रेन्च फेशन डिजाइनर स्टिफन रोल्यान्डको एक पहेंलो रंगको गाउनमा देखिएकी छिन् । यस ड्रेसमा उनी निकै आकर्षक शैलीमा पोज दिइरहेकी छिन् । त्यस्तै, यही गाउनको कम्मरमा कालो रंगको बेल्ट पनि छ । जसले जोकोहीको ध्यान खिच्छ ।