कतारमा सडक दुर्घटनामा परि एक नेपालीको निधन भएको छ। दुर्घटनामा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।
झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे । उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए ।
उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको निधनको खबरले पुरै गाउँवासी दुखी बनेका छन् ।