नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य ओरालो लागेको छ ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले कमि आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुनको मूल्य ९१ हजार ८ सय र तेजावी सुनको मूल्य ९१ हजार ३ सय निर्धारण भएको छ ।
माघ १ गते बिहीबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार १ सय, २ गते र ३ गते ९२ हजा ५ सय निर्धारण भएको थियो भने तेजावी सुन क्रमस ९१ हजार ६ सय र ९२ हजार निर्धारण भएको थियो ।
सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैंया घटेर १२ सय ३० निर्धारण भएको महासङ्घले जनाएको छ ।