एक सन्तु नामको बच्चालाई आँपको रुख धेरै नै मन पर्थ्यो । जब उसले फुर्सद पाउथ्यो , तव उ आँपको रुख नजिक जाने गर्थ्यो।
रुखमाथी चड्थ्यो , आँप खान्थ्यो , खेल्थ्यो र थकाइ लागेपछि त्यहीँ रुखको छायामा सुत्थ्यो । उस बच्चा र रुख बिच एक अनौठो सम्बन्ध थियो ।
जब बच्चा हुर्कदै गयो , तब उ रुख नजिक आउन बिस्तारै कम गर्दै गयो । र केहिदिन पछि पुर्णरुपमा आउन नै बन्द गर्दियो । आँपको रुख उस बच्चालाई सम्झिएर एक्लै रुन थाल्यो ।
एकदिन अचानक रुखले उस बच्चालाई आफूतिर आउदै गरेको देखेर आफू नजिक आउनका लागि भन्यो: तिमी कहाँ गएका थियौ?
म दिनदिनै तिमी आउने बाटो हेरिरहन्थे , ठिक छ ढिलै भएपनि आयौ आउ अब हामी दुई खेलौ ।
बच्चाले आँपको रुखलाई भन्यो: मेरो अब खेल्ने उमेर छैन । मलाई पढ्नु छ , तर म सँग फिस तिर्ने पैसा छैन ।
रुखले भन्यो:तिमी मेरो आँप लिएर बजारमा जाउ र बेचिदेउ जति पैसा आउँछ उस पैसाले फिस तिर्नु । आँपको रुखबाट आँप टिपेर त्यो बच्चाले सबै आँप लाई लिएर गयो । त्यसपछि उ कहिल्यै आँपको रुख वरिपरि देखा परेन ।
उ आउने आसमा आपको रुखले बाटो हेरिरहन्छ , एकदिन उ फ़ेरि आयो र भन्न थाल्यो: अब मैले जागिर पाँए , मेरो बिबाह पनि भयो , मैले मेरो आफ्नो लागि छुट्टै घर बनाउनु छ , त्यसको लागि म सँग प्रयाप्त पैसा छैन ।
आँपको रुखले भन्यो:, ‘तिमी मेरो सबै हाँगा बिंगा काटेर लैजाउ , उसबाट आफ्नो घर बनाउ ।’ उस जवान ले रुखको सबै हाँगा काट्यो र लिएर गयो । आँपको रुख सँग अब केही थिएन , उ अब सुकेको खंन्जड रुख थियो ।
कसैले उसलाई हेर्ने पनि थिएनन्, रुखले पनि अब उस बच्चा आउँछ भन्ने आस मारिसकेको थियो ।
फ़ेरि एकदिन अचानक त्यहा एक बृद्ध ब्यक्ति आयो, उसले आँपको रुखलाई भन्यो: सायद तपाईंले मलाई चिन्नु भएन । म त्यही सन्तु बच्चा हुँ , जुन बारम्बार तपाईंको नजिक आइरहन्छ र तपाईंले मलाई सधैं आफ्नो भाग काटेर मलाई सहयोग गर्नुभयो ।
आँपको रुखले दु:खका साथ भन्यो: तर सन्तु’बाबू अब म सँग केहि बाँकी छैन, जुन म तिमिलाई दिन सकु, बृद्ध सन्तुले आँखाभरी आँसु पार्दै भन्यो, ‘आज म तपाईं बाट केहि लिन आएको हैन , तर आज तपाईं सँग भरपुर खेल्ने रहर छ ,। तपाईंको काखमा शिर राखी निदाउने मन छ ।’
यति भन्दै आँपको रुखलाई अंगालो हाले , प्रेम र स्नेह पाएपछि आँपको बोटको सुकेको हाँगा हरियो भयो , फ़ेरि फुल्नलाई पल्लवित भयो । साथीहरु त्यो आँपको रुख हाम्रो आमाबुबा हुन ।
सानो थियौं , उहाँहरु सँग खेल्न राम्रो लाग्थ्यो , जब हामी हुर्कदै गयौं , हामी उहाँहरू बाट टाढा हुँदै गयौं । नजिक जब आयौं , तब हामिलाई केही आवश्यक हुन्थ्यो , केहि समस्या आइ लाग्थ्यो ।
आज धेरै अभिभावकहरु आफ्ना बच्चाहरुको लागि त्यो सुकेको रुख जसरी पर्खिरहेका छन् । गएर उहाँहरू लाई अंगालो हाल्नुहोस ,उहाँहरू सँग गला मिलाउनुहोस ।