बलिउडका चर्चित अनुहार एकपटक पुनः पर्दामा धमाका मच्चाउनका लागि तयार छन् ।
फेब्रुअरी मात्र २० ओटा फिल्महरु रिलिजको तयारीमा रहेका छन् ।
बेल बटमः
अक्षय कुमारले सन् २०२१ मा बबाल धमाल मच्चाउलान् जस्तो छ ।
उनको अर्को एउटा फिल्म सन् २०२१ मा रिलिज हुनेछ । नाम हो बेल बटम । यो फिल्मका लागि उनका प्रशंसक निकै उत्साहित पनि छन् ।
फिल्मको निर्देशन रंजित एम तिवारीले गरिरहेका छन् । फिल्ममा अक्षयसँग वाणी कपुर, हुमा कुरैशी र लारा दत्ता पनि महत्वपूर्ण भूमिका निभाइरहेका छन् । फिल्म २०२१ को अप्रिल २ मा रिलिज हुने तयारीमा छ ।
तख्तः
बलिउडमा थुप्रै शानदार फिल्म सन् २०२१ मा रिलिज भइरहेका छन् । तीमध्ये एउटा फिल्म हो तख्त । यो फिल्म सन् २०२१ को डिसेम्बर ३ मा रिलिज हुनेछ ।
कभी ईद कभी दिवालीः
कभी ईद कभी दिवाली सलमान खानको आगामी फिल्म हो । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । फिल्म फरहाद सामजीद्वारा निर्देशित छ । यो फिल्मलाई निर्माता साजिद नाडियाडवाला र सलमान खान मिलेर बनाइरहेका छन् । यो फिल्ममा संगीत ए.आर.रहमानले दिएका छन् । फिल्ममा सलमान खानको दोहोरो भूमिका छ । उनी हिन्दु र मुस्लिम बनोका छन् । यो फिल्म मे १३ २०२१ मा रिलिज हुँदैछ ।
हिरोपन्ती टुः
बलिउड अभिनेता टाइगर श्रोफको पनि आफ्नो भिन्न अन्दाज छ । उनले आफ्नो अभिनय र नृत्य कलाले थुप्रै फ्यान फलोविङ बनाएका छन् । उनको आगामी फिल्म हिरोपंती टु सन् २०२१ को जुलाई १६ मा रिलिज हुनेछ । यो फिल्ममा बलिउड नायक टाइगर श्रोफका साथै नायिका तारा सुतारिया पनि देखिनेछिन् । दुबैका प्रशंसक यो फिल्मका लागि निकै उत्साहित छन् । फिल्म अहमद खानद्वारा निर्देशित छ ।
रक्षा बन्धनः
रक्षा बन्धन सन् २०२१ को बलिउड ड्रामा फिल्म हो । यसलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । फिल्मलाई आनन्द एल राय र अलका हिरानन्दानीले निर्माणा गरेका हुन् । फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ । फिल्म भाइ बहिनीको सम्बन्धमा आधारित छ । यो फिल्म सन् २०२१ नोभेम्बर ५ मा रिलिज हुँदैछ ।
लाल सिंह चड्डाः
आमिर खानको आगामी फिल्म लाल सिंह चड्डा हो । उनीसँग करिना कपुर खान पनि देखिनेछिन् । फिल्मको सुटिङ करिनाले गर्भावस्थामा नै गरेकी हुन् । यो फिल्म सन् २०२१ डिसेम्बर २४ मा रिलिज हुनेछ । आमिर खानको यो फिल्म अद्वैत चन्दनद्वारा निर्देशित हो । लाल सिंह चड्डालाई आमिर खान र किरण रावले निर्माण गरेका हुन् ।
र यो पनि हेर्नुहोस्
भाइरल ब्वाय सचिनका बाबु र पुन्य गौतम भन्छन् “मेरो छोरा भेडाबाख्रा हुँदा बिमल भेडा भएनन् र ? हेर्नुहोस् भिडियो