बलिउडमा नाताबाद र कृपाबादको कुराहरु निकै चर्चामा आउँछन् । कपुर र बच्चन खानदानले नै बलिउड धानेको छ भनेर आलोचना भइरहदाँ केही भने यो क्षेत्रबाट टाढा रहेका छन् ।
रिदिमा कपुर, श्वेता बच्चन लगायतका यी कलाकारहरु फिल्म क्षेत्रबाट टाढा छन् । बलिउड सिनेमा उद्योगमा आफ्नो छुटै पहिचान बनाएका अमिताभ बच्चनको छोरी श्वेता पनि सामाजिक सञ्जालमा निकै सकृय छन् । फिल्ममा उनलाई नदेखिएको भएपनि अमिताभसंग धेरै विज्ञापनहरुमा भने उनी देखिएकी छन् ।
अमिताभकी उनै छोरी श्वेतालाई अभिनेता अमिर खानले हरेक वर्ष एउटा पत्र लेख्छन् । त्यसको एक विशेष कारण छ । उनले सो कुराको खुलासा हालै एक टिभी शो मा गरेकी छन् । उनी आफ्नो नन्द र भाई अभिषेक बच्चनका साथमा “कफि विथ करन” मा गएकी थिइन् ।
शोमा श्वेता सुपरस्टार आमिर खानको बारेमा खुलासा गर्दै भनिन्, “आमिर मलाई हरेक बर्ष चिठी लेख्ने गर्छन्। आमिर र मेरो जन्मदिन नजिक पर्छ । उनले जन्मदिनको अवसरमा मलाई हरेक वर्ष चिठ्ठी लेख्ने गरेका छन् । जन्मदिनको शुभकामना सहित उनले पत्र लेख्न कहिल्यै छुटाउँदैनन् ।” श्वेताको जन्मदिन १७ मार्च हो भने आमिरको जन्मदिन १४ मार्च रहेको छ ।
श्वेता बच्चन प्रसिद्ध फेसन ब्रान्ड एमएक्सएस को व्यवस्थापकीय जिम्मेवारी हेर्छिन् । उनले आफ्नो उपन्यास “प्याराडाइज टावर्स” बाट लेखन करियर शुरू गरेकी थिइन्।