बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो सन्तानलाई जन्म दिदैछिन् ।
अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमुर खान जन्मिएदेखि नै चर्चामा छन् । उनको प्रचार कुनै सेलीब्रेटीको भन्दा कम हुँदैन । ‘क्यूट’ लुक्सको कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।
कुनै न कुनै कारण चर्चामा आइरहेका तैमूर यतिबेला पत्रकारसँग गरेको नराम्रो व्यवहारका कारण चर्चामा छन् । शुक्रबार आमा करिनाको साथमा तैमुर साथीको जन्मदिनमा पुगेका थिए । गाडीबाट उत्रदै गर्दा पत्रकारले उनलाई हेल्लो तैमुर भन्दै बोलाए । ४ वर्षीय तैमुरले ठूलो स्वरमा पत्रकारलाई एएएए भन्दै कराएपछि अहिले पुन उनी चर्चामा आएका छन् ।
भारतीय मिडियाहरुले उनलाई छुच्चो र संस्कार बिनाको बच्चाको रुपमा विश्लेषण गर्न थालेका छन् । केही मिडियाहरुले भने सानै उमेरमा धेरै क्यामरा फेस गर्न डराएको भन्दै बचाउ पनि गरेका छन् ।
इन्टाग्राममा योगेन शाहको नामबाट बाहिरिएको भिडियोमा तैमुरले पत्रकारलाई गाली गरेपछि करिनाले उनलाई धकेलेर आफुले हेल्लो भनेको देख्न सकिन्छ । पछिल्लो समय तैमुरले गर्ने यस्तो हर्कतले पत्रकारहरु दुखी बन्ने गरेका छन् ।
https://www.instagram.com/p/CKEcCNUj-b9/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again