पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने बताएका छन् ।
गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने बताएका हुन्
उनले भने,‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अ’वैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ ।
दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्। केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ ।
त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्र’तिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दा’बी नगर्ने उनले स्पष्ट पारे ।