विश्व चन्द्रमामा पुगिसके, वैज्ञानिक अर्को पृथ्वीको खोजिमा छ तर कुनै ठाउँ यति अन्धविश्वासमा रुमल्लिएको छ कि लासमा आत्माको प्रवेशको लागि पुजा पाठ गर्दैछ ।
भारतको तमिलनाडुको डिंडीगुलवाट मार्मिक र दर्दनाक खबर आएको छ । तेरो आमालाई बचाउछु भन्दै पुजारीले २० दिनसम्म लासलाई घरमै राखेको अनौठो घटना सार्वजनिक भएको हो ।
इंदिरा नाम गरेकी एक महिलाको डिंडीगुलको एक महिला पुलिस थानामा हेड कन्स्टेवलको रुपमा काम गरिरहेकी थिईन् । उक्त महिलामा शारिरिक समस्या थियो । उनको १३ साल र ९ वर्षका दुई सन्तान थिए । दुबैको हेरचारको जिम्मा उक्त महिला आफैले लिएको थिइन् ।
शारिरिक समस्याको कारणले महिला काममा जान नसकेको अवस्था थियो । काममा नआएकोले उक्त महिलाको साथी उनलाई भेट्न उनको घरमा आईपुग्छ र घरमा बच्चाहरुलाई भेट्छन् । घरको भित्रवाट नराम्रो गन्ध आईरहेको हुन्छ । उक्त महिलाको साथीले वच्चाहरुलाई उनको आमा कता छ भनि सोधखोज गर्दा बच्चाहरुले आमा सुतिरहेको र उसलाई नउठाउन भन्छन् । यदि उठायो भने भगवान रिसाउँछ भन्छन् ।
त्यसपछि यो कुरा प्रहरीमाझ पुग्छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।