पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।
विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म नेपालका २ लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ९७ दशमलव ७ प्रतिशत निको भएका छन् । संख्यात्मक रुपमा हेर्दा २ लाख ६० हजार ५६७ जना निको भएका छन् भने १ हजार ९४८ जनाले ज्यान गुमाएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।