शनि मकर राशिमा रहेको छ तथा वृहस्पति चैत्र महिनासम्म मकर राशिमा रहने छ । त्यसपछि वृहस्पति कुम्भ राशिमा रहने छ । राहु वृष राशिमा तथा केतु वृश्चिक राशिमा वर्ष भरिनै रहने देखिन्छ । यी नै ग्रहको आधारमा ६ राशि भाग्यशाली बन्दैछन् ।
तपाइको सम्पूर्ण क्षेत्रमा सफलता हात पार्न सक्नुहुनेछ तपाइको कुण्डलीमा वृहस्पति,शनि,राहु,केतु राम्रो अवस्थामा (उच्च,स्वगृही,यूवा अवस्थाको) छ भने तपाइले पूर्णफल प्राप्त गर्नु हुनेछ । कुन,कुन राशि भाग्यशाली पर्दैछन आउनुस चर्चा गरुम ।
मेष राशि
मेष राशिका व्यत्तिलाइ १० स्थानमा शनि,गुरुको अवस्थाको कारणे गर्दा तपाइको बिग्रेका काम बन्नुका साथै नँया कामको थालनी हुनेछ सरकारी जागीर पाउन सक्ने अवस्थाहरु देखिन्छ ।
वृष राशि
वृष राशिका व्यक्त्तिलाई भाग्यस्थानमा शनि,गुरुको कारणले गर्दा भाग्यवृद्धि हुनुका साथै गरेको काममा सफलता तथा नयाँकामको अवसर र सम्पूर्ण क्षेत्रमा सफलता हात पर्दछ ।
तुला राशि
तुला राशि भएका व्यक्त्तिलाई चौथो स्थानमा शनि,गुरुको कारणले गर्दा घर,जमीन जोड्न सक्ने तथा वाहन सुख प्राप्त हुन सक्ने र घरायसी समस्या हरु समाधान हुदै जाने देखिन्छ ।
धनु राशि
दोस्रो स्थानमा शनि,गुरुको रहने कारणले गर्दा बोलीको प्रभाव वढ्नुका साथै अचल सम्पत्ति किन्न सक्ने तथा पैतृकी सम्पत्तिहरु प्राप्त हुन सक्ने देखिन्छ ।
मकर राशि
मकर राशिको राशिमानै शनि,गुरु रहने कारणले गर्दा मान सम्मानमा वृद्धि हुने तथा उच्च राजनीतिक पद प्राप्त गर्न सक्ने रोकिएको काम वन्ने जस्तो देखिन्छ ।
मीन राशि
मीन राशि भएका व्यत्तिको आय स्थानमा शनि,गुरु रहने कारणले गर्दा आयमा वृद्धि दाजु,भाइ सँगको सम्वन्धमा सुधार विदेश यात्रा तथा रोकिएको काम वन्नेछ ।
सम्पूर्ण फलको लागि तलको भिडियो हेर्नु होला ।