नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ९२ हजार प्रतितोला निर्धारण भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य ९२ हजार १ सय र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय मा कारोबार भएको थियो ।
भोली शनिबार नयाँ मूल्य निर्धारण नहुने भएकाले यही मूल्यमा सुनको कारोबार हुनेछ ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैंया बढेर १२ सय ६० निर्धारण भएको छ ।