बलिउड अभिनेता बरुण धवन यतिबेला विवाहको तयारीमा व्यस्त छन् ।
मिडिया रिपोर्टअनुसार उनले यसै महिना आफ्नो लामो समयदेखिकी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट हुनेछ । यस विवाहको तयारी पनि सुरु भइसकेको छ ।
स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् ।
तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन । यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाले पनि विवाहको प्राय चर्चा भइ नै रहेको थियो । रेडियो कार्यक्रममा वरुणले आफ्नो प्रेमकथाबारे पनि बोलेका थिए । ‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् ।
हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें ।’वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक रिजेक्ट गरेकी थिइन् । यद्यपि, लगातारको प्रयासपछि नताशा पनि प्रेम–सम्बन्धमा रहन तयार भइन् ।