भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।
‘बुध’ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ ।
कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
बुधबार यी ५ काम गर्नुस्, शुभ खबर पाइनेछ
बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:
बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।