
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिन्धुपाल्चोकको बाह्रविसे पुगे । त्यहाँ पुग्दा उनको समर्थनमा हजारौं मानिसहरु उपस्थित भएका थिए । नेपाली कांग्रेस केन्दीय खेलकुद विभागद्धारा आयोजित कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताको मंगलबार बाह्रविसेमा समापन गर्न देउवा बाह्रविसे पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो ।
‘कांग्रेस स्वतन्त्र अदालतको सम्मान गर्छ,’ , ‘स्वतन्त्र रुपले अदालतले काम गर्न पाउनु पर्छ। अदालतले जे निर्णय गर्छ, कांग्रेसले मानेर अघि बढ्छ।’ भनेर भाषण गरिरहँदा सबैले ताली बजाएर समर्थन गरेका थिए ।
पूर्वाप्रधानमन्त्री रहेका देउवाले संसद बिघटन भने असंवैधानिक रहेको धारणा राखे। बिघटनबारे पार्टीले बैठकबाट आधाकारिक धारणा सार्वजनिक गरेको बताउँदै उनले भने, ‘तर अदालतलाई पार्टीले स्वतन्त्र मान्छ। पुनःस्थापना भए सक्रियतापूर्वक चुनावमा भाग लिन्छौँ। बिघटनकै पक्षमा निर्णय आए पनि स्वीकार्छौँ।’
अदालतमा बिचाराधिन मुद्दामा कांग्रेस बोल्दै नबोल्ने भन्दै देउवाले सडकबाट न्यायालयलाई धम्क्याउन नहुने जिकिर गरे। पञ्चायतकालमा पनि कांग्रेसले अदालतको निर्णयलाई मानेको प्रसंग जोड्दै उनले थपे, ‘प्रजातान्त्रिक पार्टीले अदालतमा विचाराधिन मुद्दामा आन्दोलन, जुलुस गर्न मिल्दैन। त्यसैले यस विषयमा कांग्रेस केही बोल्दैन।’
संसद बिघटन भएर चुनाव हुने स्थितिलाई समेत ध्यानमा राखेर कांग्रेसले गाउँ–गाउँमा चुनावी गतिविधि थालिसकेको सभापति देउवाको भनाईँ थियो।
त्यस्तै कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा काँग्रेस खेलकुद विभागका संयोजक मोहन बस्नेतले खेलकुदमा सरकारको ध्यान नपुगेको जिकिर गरे ।
उनले भने, ‘खेल गतिविधि गर्न सरकार नै सुस्त रहेको बेला पार्टीले कार्यक्रम गरेको बताए। उनले भने, ‘खेलकुद क्षेत्रलाई सरकारले राम्रोसँग हेर्न सकेन।’
कम्युनिस्ट सरकार र काँग्रेसकै सरकारले पनि खेल र खेलाडीहरुलाई महत्व दिन नसकेको असन्तुष्टी पोखे । उनले भने, खेलाडीमा खिया लाग्न थाल्यो भनेर प्रतियोगिता शुरु गरेका हौं।’
बस्नेले अर्को वर्षबाट सभापति कपसमेत आयोजना हुने घोषणा गरेका छन्।
सबै तस्विरहरु : प्रकाश पौडेल/केटीएम दैनिक
