काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् ।
श्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुष २० गते स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित २ जना थानकोटबाट पक्राउ परेका थिए ।