सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको बताएका छन् ।
आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।