जापानमा एक नेपालीको निधन भएको छ। मृत्यु हुनेमा बाग्लुङको गल्कोट नगरपालिका वडा नं ४ खरुवाका ३८ वर्षीय पूर्ण खत्री छन्। उनको शुक्रबार मृत्यु भएको बताइएको छ। धन कमाउने आशा बोकेर उनी करिब ३ बर्ष अघि जापान गएका थिए। उनी हाल जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा काम गर्दै आएका थिए। ब्रेन हेमरेजका कारण उनको निधन भएको बताईएको छ। उनको जापान स्थित फुजी नोउकेन हस्पिटलमा उपचारको क्रममा शुक्रवार बेलुकी मृत्यु भएको त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।
मृतक खत्रीका नेपालमा ३ छोरी र १ छोरा रहेका छन्। निकटतम पारिवारिक श्रोतका अनुसार उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको छ। उनको अन्तिम सँस्कार जापानमै गरिने भएको छ। गल्कोट स्थायी घर भई हाल जापानमा रहेका गल्कोटे हरुले उनको अन्तिम संस्कार आईतबार दिउँसो साढे १ बजे जापानमै गर्न लागिएको जनाइएको छ। त्यस्तै मस्तिष्कघातका कारण जापानमा निधन भएका बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. ४, खरुवाका ३८ बर्षिय पुर्ण बहादुर खत्रीको असामयिक निधनमा गल्कोट समाज जापानले दुःख व्यक्त गर्दै खत्रीको अन्तिम संस्कारमा सहभागी हुन अपील गरेको छ ।
३ वर्षदेखि जापानको सिजुओकाको फुजी सिटीमा कुक पेशामा कार्यरत खत्रीको मस्तिष्कघात भएपछि फुजी नोउकेन अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी ५ बजे निधन भएको गल्कोट समाजका महासचिव नवीन निउरेले जानकारी दिनुभयो ।मृतक खत्रीको अन्तिम संस्कार जनवरी १० तारिख आइतबार फुजिनोमिया सेइनमा दिउँसो १ः३० बजे गरिने भएकाले उपस्थितिको लागि सम्पुर्ण गल्कोटबासी तथा नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा महासचिव निउरेले अपिल गर्नुभएको छ ।