अब त धेरैलाई थाहा भइसक्यो, केही हप्तायता नेपाली फिल्मका पुराना ‘भिलेन’ एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी नयाँ फिल्म निर्माणका लागि जुटिरहेका छन् । नेवारी तथा नेपाली दुवै भाषामा उनी ‘चिकन चाको पैसा खान गाह्रो’ नामक म्यूजिकल फिल्म बनाइरहेका छन् ।
यही फिल्मको सेरोफेरोमा उनी कहिले रसियन युवतीसँग रोमान्स गरिरहेका भेटिन्छन्, कहिले पूर्व आइजिपी सर्वेन्द्र खनालको घरमा त कहिले नेपालकी पहिलो मिस नेपाल रुवी राणालाई घोडा सिकाइरहेको अवस्थामा ।
मिटरब्याजमा रकम दिएर ठगी गर्ने लगायतको विषय उठानसहित बनिरहेको यो फिल्म खड्गीको दाबीअनुसार पूर्व आइजिपी खनालको यथार्थ कथासँग पनि प्रभावित छ ।
खैर यो फिल्मबारे बाँकी चर्चा हामी गर्दै गरौँला । आज भने चितवनको प्रसंग लिएर उपस्थित भएका छौँ । केही दिनअघि खड्गीको टिम यही फिल्मको सिलसिलामा चितवन पुगेको थियो ।
चितवन सुटिङका क्रममा खड्गी र फिल्मकी अफ्रिकी कलाकार बियोन्सी, पूर्व मिस नेपाल रुबी राणासँग केही दृश्य हाम्रो कला टिभीले कैद गरेको छ । जहाँ खड्गीले अफ्रिकी युवतीदेखि पहिलो मिस नेपालसम्म सबैसँग रोमान्स गरेका छन् ।
राति क्याम्पफायर गर्दै रुबीसँग खड्गीले गरेको डान्स कम रोमान्टिक थिएन । यतिमात्रै होइन यो फिल्ममा रुवीका श्रीमान् पूर्व मेजर प्रजय विक्रम शाहको समेत अभिनय छ ।
सुटिङका बखत राति रमाइलोका क्रममा रुबी र उनका श्रीमान्ले पस्केको नृत्य समेतले सुटिङ युनिटलाई खुब रमाइलो गराएको थियो ।
बाँकी के–के भयो, आफै हेर्नुस् खड्गीको फिल्म सुटिङका क्रममा हाम्रो कला टिभीले कैद गरेको यि रमाइला दृश्य ।