काठमाडौं । काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रविन्दु भएको भूकम्प गएको छ । विहीबार दिउँसो ३ः३८ मिनेटको समयमा सो भूकम्प गएको र भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ ।नेपालको इतिहासमा अ’भिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भू’कम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र वि’नाशकारी मानिन्छन् ।
नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो वि’नाशकारी भूकम्प मानिन्छ ।नेपालको भूकम्प इतिहासमा सबैभन्दा बी’भत्स र वि’नाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ ।
पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो अ’सर पार्यो ।
उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृ’त्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गु’माए ।