प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी बालिका खड्का बालुवाटारबाट पक्राउ परेकी छिन् ।
काठमाडौंको बालुवाटारबाट उनी पक्राउ परेकी हुन् ।
प्रहरीले उनलाई करिब ३ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।
अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए।
‘हामीले बालुवाटारको निषेधित क्षेत्रमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी उहाँलाई ल्याएका छौं,’उनले भने,’उहाँमाथि थप अनुसन्धान गरिरहेका छौं।’
उनीमाथि मुद्दा चलाउने/ नचलाउने विषय अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए।
यसअघि खड्काले थिइन्।
उनले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन्। v