नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको निधन भएको छ ।
योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ६ हजार ७०६ जनाको नमूना परिक्षण गर्दा २६५ पुरुष र १४४ महिलासहित कूल ४०९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
योसहित नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । जसमध्ये २ लाख ५६ हजार १६१ जना कोरोनामुक्त भइसकेका छन् । पछिल्लो २४ घन्टामा ४९५ जना भाइरसमुक्त भएका हुन् ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । जसमध्ये गम्भिर प्रकृतिका १९७ जनालाई आईसीयू र ३० जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १६१ पुरुष र ७२ महिला गरी कूल १८४ जनामा भाइरसको संक्रमण पाइएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।