बलिउड अभिनेत्री दीपिका पादुकोणले मङ्गगलबार आफ्नो ३५औं जन्मदिन मनाएकी छिन् । सन् १९८६ जनवरी ५ मा जन्मिएकी दीपिका बलिउडकी एक सफल कलाकार हुन्।
दीपिकाले २००७ सालमा रिलिज भएको फिल्म ‘ओम शांति ओम’ बाट बलिउड डेब्यू गरेकी थिईन्।
त्यसपछि, उनी एक अभिनेत्रीको रूपमा २६ वटा भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेकी छिन्
नयाँ बर्ष मनाउने क्रममा नायक रणवीर कपुर र नायिका आलिया भट्टसँग नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको भेट भएको थियो । दीपिका र आलियाको निकटताले पनि रणवीरलाई दीपिकासँग नजिक बनाइदिएको छ ।
नयाँ बर्षमा एकसाथ देखिएको केही दिनपछि नायिका दीपिका पादुकोणको जन्मदिनमा नायक रणवीर कपुर र नायिका आलिया भट्ट पुगेका छन् ।
दीपिका र रणवीरले यो बर्षको जन्मदिन धुमधामसँग मनाएनन् । मुम्बइको एक रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा नायक रणवीर कपुर र नायिका आलिया भट्ट पुगेका थिए । यस्तै, निर्माता करण जोहर र नायिका अनन्या पाण्डे पनि दीपिकाको निमन्त्रणा मान्न पुगेका थिए ।
दीपिका र रणवीरले फोटोग्राफरको अगाडि केक समेत काटेका थिए ।
चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी दीपिका केही महिना अगाडि ड्रग्सको विवादमा समेत तानिएकी थिइन् ।