
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहसनहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत भूमिका रहेकाको नेता बस्तेतले दावी गरे।
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिको सपना तीन नेताले नेकपा विभाजन गरेको बताए।
उनले नेकपा विभाजन नभई एकता प्रक्रिया बिच बाटोमौ टुंगिएकाले सूर्य चिन्ह,जबज, मदन भण्डारी र देशभरका पार्टी कार्यालयमा प्रचण्ड –माधव नेपाल समूहलाई प्रवेश गर्न नदिने बताए । ‘अब पार्टी एक हुदैन्, दुविधानमा नपर्नुहोस्, उहाँहरूले गठबन्धन बनाएर आएपनि हामी एक्लै चुनाव भिड्छौ’ नेता बस्नेले भने ।
उनले प्रचण्ड –माधव समुहले चुनाबबाट जनतमत नपाउने त्रासले ताजा जनादेशको विरोध गरेको बताए। ‘पूर्व माओवादीले सूर्य चिन्हको दावी गरेको देख्दा जग हाँसेको छ,‘अर्काको सम्पत्तीमा आँखा लगाउँदैमा पाइदैन’ उनले भने।
नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको चुनावमा सिराहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न पालिका चुनावमा चितवनमा आफ्नी छोरी रेणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाए । उनले थपे– ‘प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै हो ।’
प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिराहा र कहिले चितवनबाट चुनावमा लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी चुनावमा प्रचण्ड कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताए ।
सूर्य चिन्ह दाबी गर्ने नैतिकता नभएको बताउँदै विगतमा प्रचण्डले आफू र छोरीलाई चुनाव जिताउन सूर्य चिन्ह च्यात्ने, टोेक्ने जस्ता गतिविधि गरेको हुँदा त्यस्तो व्यक्तिलाई सूर्य चिन्ह दाबी गर्ने नैतिकता नरहेको जिकिर गरे ।
उनले अब प्रधानमन्त्री ओलीको नेतृत्वमा पूर्व माओवादीको ठूलो समुहले साथ दिइरहेकाले चुनावमा सहभागि हुन नेपाली कांग्रेसलाई समेत अपिल गरेका छन् । सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अब चुनाव हुनेमा कुनै दुविधा नरहेको बताउँदै निर्वाचनको तयारीमा होमिन समेत अपिल गरेका छन् ।
उनले निर्वाचनदेखि भाग्ने र सजिलै पद खोज्ने प्रवृत्ति रहेका प्रचण्ड र नेपाल समुहले जनतालाई उल्लु बनाउने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको समेत आरोप लगाएका छन् ।
नेता बस्नेतले प्रचण्डलाई भ्रष्टाचारी र अपराधीको संज्ञा दिँदै नेता बस्नेतले संवैधानिक निकायका नियुक्तीबाट त्रसिएको बताए । यूवा संघ नेपालको भेलालाई सम्बोधन गर्न म्याग्दी आएका बस्नेतले म्याग्दीमा देखेको यूवाको भेलाबाट उत्साहित भएको बताए ।
