नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको अवस्था देखिएको छ ।
यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन पराउन थालेका हुन् ।
यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल भएको जोडी हो ।
यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शोभा नै बढाएका थिए ।
सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए ।