काठमाडौं- नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।
उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।
पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो ।
पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।