नेपाली बजारमा आज सुनको मूल्य पुष महिनाकै महङ्गोमा कारोबार भैरहेको छ ।
सोमबार तोलामा ९५ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ११ सय ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवासायी महासङ्गघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य तोलाको ९६ हजार ४ सय र तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय मा कारोबार भैरहेको छ ।
पुषको २१ गतेसम्म आइपुग्दा आजको मूल्य यो महिनाकै सर्वाधिक महङ्गो हो । यसअगाडी पुष ६ गते सुनको मूल्य तोलाको ९५ हजार २ सय मा कारोबार भएको थियो ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेर १३ सय ३५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।